Shikhar Insurance

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्रै खाना-खाजाको व्यवस्था हुने, विभागले काट्यो पत्र

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । वैदेशिक रोगारीमा जाने श्रमिकलाई जहाजभित्रै खाना-खाजाको व्यवस्था हुने भएको छ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न विभिन्न निकायलाई पत्राचार गरेको हो ।

विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल  एसोसियसन अफ टुर एण्ड ट्राभललाई पत्राचार गरेको हो । विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।

यसरी घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए । ‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौ नै तिर्नु अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ ।

यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने । छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको  टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौ ।

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफनो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्