Shikhar Insurance

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक छ : मन्त्री अर्याल

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार १६:३७
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताका छन् । उनले योजनाहरु सफल पार्नु भन्दाअघि विगतका योजनाहरु कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने बताएका हुन्  ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रबिन्दु रोजगारी भएकाले आर्थिक वृद्धिको गति बढाउने योजना अघि सार्न आवश्यक रहेको जानकारी गरे । उनले एउटा योजनामा सबै समेट्ने कारणले श्रोत छरिन्छ र विकास सम्भव नहुने बताए । उनले रोजगारमुलक आर्थिक विकासको लागि कृषि र उद्योगको विकास महत्वपूर्ण रहेको जिकिर गरे ।

उनले पूर्वाधार विकास, सेवा प्रवाहमा कमजोरी, प्रदेश संसरचना, खर्चमा पुँजीको विषय र संघीयता आइसकेपछि तीन तहकै सरकारलाई संघीयताको विषयमा दिइएको प्रशिक्षणले पनि योजना सफल पार्न भुमिका खेल्ने बताए । उनले स्वास्थ्य र शिक्षामा गरिरहेका लगानी र प्रतिफलको निर्मम समीक्षा हुन आवश्यक रहेको बताए । उनले संघीयताको प्रयोग सबै राजनीतिक दल र कर्मचारी तन्त्रमा नयाँ भएकाले बहस गर्न आवश्यक रहेको बताए ।

उनले सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि निर्मम हुन नसके विकास सम्भव नरहेको जानकारी गरे । उनले भ्रष्टाचारको अन्त्य गर्नको लागि राजनीतिक दल, निजी क्षेत्र, कर्मचारीतन्त्र सबै एकजुट भएर लाग्न नसके हामीले बनाउने योजनाहरुले सफलता पाउने कुरामा प्रश्न उठ्ने बताए । मन्त्री अर्यालले योजनाहरु सफल बनाउन कर्मचारीतन्त्रले विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले कर्मचारी, राजनीतिक नेतृत्व र मन्त्रीहरुबीचमँ विश्वासको खाडल परेको बताए ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्