Shikhar Insurance

१२ वर्षभित्र २८ हजार मेगावाट उत्पादनकाे लक्ष्यसहित विकासका रोडम्याप तयार छ: उर्जामन्त्री

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन् । बिहीबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा सुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नेपालसँग करिब ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको रहेको र अबको तीन महिनाभित्र थप तीन सय मेगावाट उत्पादन हुने बताए । उनले आगामी १२ वर्ष भित्रमा २८ हजार ७ सय मेगावाट उत्पादनको लक्ष्यसहितको विद्युत विकासको रोडम्याप र एक्शन प्लान तयार पारेको पनि बताए । उनले वन क्षेत्र, जग्गा प्राप्तिका सवालहरु कायम रहेको भन्दै नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको जाकारी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानूनीहरुको नीतिगत सुधारका काम अघि बढाएको बताए । उनले यसले लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक समृद्धिको निम्ति जलश्रोत र जलविद्युतको क्षेत्र निकै महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एक मुख्य क्षेत्र उर्जा रहेको बताए । उनले जलविद्युत लगायतका उर्जा आयोजनाको नियमित निर्माणले उर्जा आयोजनामा सामान आपूर्ति गर्ने विभिन्न क्षेत्रका दर्जनौँ व्यवसायहरुको जीवनयापन भएको जिकिर गरे । उनले उर्जा आयोजना निर्माणको चरणमा पाँच लाख भन्दा धेरै दक्ष, अर्धदक्ष र अदक्ष कामदारहरुले रोजगारी पाएको पनि बताए ।

उनले जलविद्युत आयोजना निर्माण भएका ठाउँमा आयोजनाका तर्फबाट हजारौँ किलोमिटर सडक सञ्जाल बिस्तार हुनका साथै हरेक गाउँमा खानेपानी, स्वास्थ्य, शिक्षा तथा ठूलो लगानी भएको जानकारी गरे । अध्यक्ष कार्कीले वन, भूमि, स्थानीय स्तरमा आउने समस्याहरुको समाधानका लागि सरकारले अझ बढीए उदार हुन आवश्यक रहेको बताए । उनले विश्वको ध्यान हरित उर्जा उत्पादन र उपयोगमा केन्द्रित रहेको भन्दै नेपालमा स्वच्छ उर्जाको रुपमा १ लाख २० हजार मेगावाट जलविद्युत उत्पान गर्ने क्षमता रहेको बताए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्