Shikhar Insurance

लगानी सम्मेलनमा बहुप्रतिक्षित ४ सम्झौता रोकियो, डाबर नेपालको लगानी विस्तार नहुने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १०:२४
NIMB
Nabil Bank

काठमाडौँ । तेस्रो लगानी सम्मेलनमा गर्ने भनिएको परियोजना विकास सम्झौता (पीडीए) नहुने भएको छ ।

लगानी बोर्डले दुई दिने लगानी सम्मेलनमा चार वटा पीडीए गर्ने योजना तयार पारेको थियो । तर लगानी सम्मेलनमा गर्ने भनिएको पीडीएका लागि तयारी नसकिएकाले नहुने भएको हो । बोर्डका प्रवक्ता पद्युम्न प्रसाद उपाध्यायका अनुसार आवश्यक तयारी नपुगेका कारण अन्तिम चरणमा कुनै पनि पीडीए नहुने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, हामिले सबैजसो तयारी गरेका थियौं । तर, अन्तिम समयमा तयारी नपुगेर यसपटक गर्ने भनिएको पीडीए सम्झौता नहुने भएको हो । लगानी बोर्डले दमक औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी २, सोलार परियोजना र डाबर नेपालको लगानी विस्तारसँग सम्बन्धीत सम्झौता सम्मेलनका दौरान गर्ने तयारी गरेको थियो ।

यनी विषयलाई लगानी सम्मेलनको सफलताकारुपमा प्रचार गर्ने बोर्डको तयारी थियो । तर, सम्मेलनमा सम्झौता नहुने भएसँगै खासै ठूलो उपलब्धि हाँसिल हुनेमा भने संका देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्