Shikhar Insurance

४ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन छापावाला सुनको मूल्य ४ सयले घटेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्