Shikhar Insurance

१ अर्ब ८४ करोड लागतमा शाख समुहले होटल बनाउने, हङकङको बोर होटलसँग सम्झौता

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । शाख समुहले कपिलवस्तु जिल्लामा होटल बनाउने भएको छ । समुहले चिनियाँ होटलसँगको सहकार्यमा नयाँ लगानी विस्तार गर्न लागेकव हो । लगानी सम्मेलनको दोस्रो दिन शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) गरेको हो ।

शाख समूहका किरण शाखले चीनको बोर होटलसँग १०० मिलियन चिनियाँ युवान (१ अर्ब ८४ करोड रुपैयाँ २८ लाख) लगानीको सम्झौता सम्पन्न गरेको हो । एमओयू सम्झौतामा शाख समूहका अध्यक्ष किरण शाखले र बोर होटलका तर्फबाट लि पिंगले हस्ताक्षर गरे । सम्झौताअनुसार कपिलवस्तुमा २०० भन्दा धेरै कोठा भएको बोर होटल निर्माण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौताअनुसार बोर होटलले रकम लगानी गर्नेछ भने जग्गा शाख समूहको हुनेछ । बोर हाटेल समूहले कपिलवस्तुको जग्गा समेत हेरेर फर्किएको शाखको भनाई छ । होटल सञ्चालनमा आएपछि प्रतिकोठाको मूल्य २ देखि ३ हजार चिनियाँ युवानसम्म हुने बताइएको छ ।

बोर होटलले हाल मकाउ, कम्बोडिया, भियतनाम, लाओस र जापान लगायत देशमा सञ्चालनमा आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्