Shikhar Insurance

लगानी सम्मेलनमा पाँच मात्रै एमओयू सम्झौता, ठूलो लगानी आएन

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार ११:२८
NIMB
Nabil Bank

काठमाडौँ । सरकारको लागनी सम्मेलन फितलो देखिएको छ । आवश्यक तयारी र व्यापारिक भेउ नपाएको सरकार लगानी सम्मेलन औपचारिकतामा सिमित भएको हो ।

लगानी सम्मेलनको दोस्रो दिन दुई वटा मात्रै दुई पक्षीय सम्झौता (एमओयू) भएको छ । सम्मेलनमा सोमबार होटलसँग सम्बन्धीत र सार्वजनिक नीजि साझेदारीसँग सम्बन्धीत विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी (एनएपीपीपी) र वल्र्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बीच समेत एमओयू सम्झौता भएको हो । सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ८४ करोड रुपैयाँ लगानी आउनेछ ।

यस्तै, सार्वजनिक निजी साझेदारीसँग सम्बन्धीत सम्झौतासँगै नेपालमा सार्वजनिक निजी साझेदारी विषयमा अध्ययन तथा सहकार्य हुनेछ । यो सम्झौतामा नेपालको एसोसिएनसनको अध्यक्ष र वाप्पको अध्यक्षले हस्ताक्षर गरे । यससँगै दुई दिनको लगानी सम्मेलनका क्रममा आजसम्म कूल ५ वटा एमओयू सम्झौता भएको छ ।

सम्मेलनको पहिलो दिन तीन वटा एमओयू सम्झौता भएको थियो । जसमध्ये नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच दुई सम्झौता भएको थियो ।

यी दुई व्यापारिक छाता संगठनले आपसी सहकार्य र उद्योग तथा लगानी स्थापनासँग सम्बन्धीत एमओयू गरेका थिए ।

यसपछि हिजो नै सूचना तथा प्रविधिसँग सम्बन्धीत विषयमा एमओयू भएको थियो । सो सम्झौताअनुसार रामकोटमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापना हुनेछ । सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बीएलसी होल्डिंबीच भएको हो ।

सम्झौताअनुसार नेपालमा सुपरक्लाउड डाटा सेन्टर स्थापना हुनेछ । यी बाहेक, सरकारले महत्वपुर्ण लगानी ल्याउन भने असफल भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्