Shikhar Insurance

२ वर्ष वारेन्टीका साथ सिजीले ल्यायो ४३ प्रतिशत विद्धुत बचत गर्ने ‘बिएलडिसि सिलिङ्ग फ्यान’

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार ११:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच ट’ बिएलडिसि फ्यान टुडेू भन्ने नाराको साथ सिजी ब्राण्डले ४३ प्रतिशत विद्धुत बचत गर्ने फ्यान बजारमा ल्याएको हो ।

कम्पनीले भने,उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड हो, जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ । यो फ्यान ११० देखि २८० बीचको कुनै पनि भोल्टमा तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

रिमोट सुविधायुक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गर्दै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्