Shikhar Insurance

बझाङ उपनिर्वाचन अपडेट : एमालेका भण्डारी ९ मतले अगाडि

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार ११:३८
NIMB
Nabil Bank

बझाङ । बझाङ(१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् ।

जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका (९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार आठ सय ८९, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८० मत प्राप्त गरेका छन् ।

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्