Shikhar Insurance

उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता, के-के भयो कुराकानी ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भियतनामका राजदूत न्हुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । न्हुएन थान हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् ।

राजदूत न्हुएन थान हाईले उपराष्ट्रपतिसमक्ष नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने धारणा राखे । नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको धारणा राखे ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालले भियतनामसँगको सम्बन्ध अझै विस्तार गर्न चाहेको र यसका लागि सहकार्य प्रगाढ बनाउनुपर्ने धारणा राखे । उपराष्ट्रपति र राजदूतबीचको भेटमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिहरु सहभागी थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्