Shikhar Insurance

आज ३ फाइनान्सको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ मा पुगेको हो ।

आज ३१७ कम्पनीको ७३ लाख ४२ हजार १ सय ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.६१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको ६.९९ प्रतिशत, मान्दु हाइड्रोपावर लिमिटेडको ६.१७ प्रतिशत सहित १४० कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्