Shikhar Insurance

सिरहामा ३ वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १४:५९
NIMB
Nabil Bank

सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उहाँकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् । गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राती छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । दुई परिवारबीच घरायसी झगडाहुँदै आएकाले सोही रिसीबीका कारण बालिकाको हत्याभएको हुनसक्ने प्रहरीको अनुमान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्