Shikhar Insurance

सोमबार यी कम्पनीको सेयर मूल्यमा गिरावट

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज( नेप्से) परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ मा पुगेको हो ।

आज ३१७ कम्पनीको ७३ लाख ४२ हजार १ सय ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज सेयर बजारमा झिनो अंकको सुधार भएपनि केही कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । पिपुल्स पावर लिमिटेडको ६.०० प्रतिशत, इष्टर्न हाइड्रोपावर लिमिटेडको ३.८१ प्रतिशत, मेनिछयाम हाइड्रोपावर लिमिटेडको ३.२१ प्रतिशत सहित १४८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्