Shikhar Insurance

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई, कर्णाली ३१ रनले पराजित

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १६:३१
NIMB
Nabil Bank

काठमाडौं । पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

लुम्बिनीले दिएको एक सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै ८५ रनमा समेटियो । कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २८ रनको योगदान दिए भने विपिन रावतले २३ रन बनाए । त्यस्तै दीपेन्द्र रावतले अविजित १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले पाँच विकेट लिए भने नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय १६ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए । उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे । यस्तै विराट भण्डारीले २३ बलमा २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाए ।

कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले समान दुई ÷दुई विकेट लिए । त्यस्तै प्रकाश जैशीले एक विकेट झारे । यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान आठ ÷आठ अङ्क जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्