Shikhar Insurance

उद्योग विभागले स्वीकृत गर्‍यो एकैदिन ९ अर्ब १३ करोड लगानी, इन्भेस्टमेन्ट कम्पनीमा मात्रै ६ अर्ब

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १७:००
NIMB
Nabil Bank

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन् । उद्योग मन्त्रालयले लगानी सम्मेलनको अवसरमा उद्योग विभागमा आएका प्रस्तावलाई स्वीकृत गरेको हो।

मन्त्री भण्डारीले ती लगानीकर्ताहरुलाई सोमबार प्रमाणपत्र समेत दिएका छन् । स्वीकृतमध्ये एउटा व्यक्तिगत लगानी चिनिया रहेको छ, जसको बहुउद्देश्य राखिएको मन्त्रालयले जनाएको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता छ । त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ । यसबाहेक दोस्रोमा एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ । बिजनेस कम्प्लेक्स बनाउने भनिएको प्रस्तावमा ३ अर्बको लगानी हुने भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तेस्रोमा बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ । यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने उल्लेख छ । नेपालमा विदेशी लगानी स्वीकृत गर्ने दुई निकाय छन् । लगानी बोर्ड र उद्योग विभागले विदेशी लगानी स्वीकृत गर्ने गर्छ। बोर्डले ६ अर्बभन्दा माथिको लगानी स्वीकृत गर्ने गर्छ भने सोभन्दा कम विदेशी लगानी उद्योग विभागमार्फत स्वीकृत हुन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्