Shikhar Insurance

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १७:२९
NIMB
Nabil Bank

काठमाडौं । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौंमा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान काठमाडौंबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सुरक्षित रुपमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने ‘रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौं अवतरण गराई प्राविधिक जाँच भइरहेको छ ।’ हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने गरेको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्