Shikhar Insurance

नेप्सेमा २० अंकको सुधार, ११ कम्पनीका लगानीकर्ता मालामाल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । ११ कम्पनीको मूल्य बढेको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार बजार कारोबार मापन इन्डेक्स नेप्से २०.७१ अंकले बढेर बन्द भएको हो ।

कारोबार सुरू भएको १५ मिनेटमै बढेर दिनको उच्च बिन्दुमा पुगेको नेप्से लगत्तै घटेको थियो । त्यसयता घटबढ हुँदै नेप्से २७५९.२२ अंकमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से ०.७६ प्रतिशतले बढेको दिन २ सय १८ स्क्रिप्टका १ करोड ९० लाख कित्ता सेयर किनबेच भए । बजारमा ९ अर्ब ५७ करोड रूपैयाँको सेयर किनबेच भयो ।

कारोबारमा आएका १ सय १२ कम्पनीको मूल्य बढेका छन् भने ५६ वटाको घटेको छ । १४ कम्पनीको सेयर मूल्य घटबढ भएनन् ।

कारोबारमा आएका मध्ये नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ६६ करोड रूपैयाँको सेयर किनबेच भयो ।

आज रूरू हाइड्रोसहित ११ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ विकास बैंक, होटल तथा पर्यटन र उत्पादनमुलक समूहका उपसूचकबाहेक सबै समूहमा सुधार आए ।

देशभर निषेधाज्ञा जारी रहँदा सेयर बजारमा लगानीकर्ताको सहभागीता भने घटेको छैन । लगानीको अन्य क्षेत्र नहुँदा सेयर बजारमा निरन्तर सुधार आइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्