Shikhar Insurance

सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन २ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार २ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो तेजावी सुन १ लाख ३३ हजार ८ सय ५० रुपैयाँँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्