Shikhar Insurance

प्रभु महालक्ष्मी लाइफको १ लाख ९० हजार कित्ता सेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार १०:४५
NIMB
Nabil Bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुह सनराईज होल्डीङ्ग प्रालिको नाममा रहेको १ लाख ९० हजार ७ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा संस्थापक सेयरधीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्