Shikhar Insurance

राष्ट्र बैंक भन्छः आर्थिक गतिबिधी चलायमान नबनाए अर्थतन्त्र थप शिथिल हुन्छ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १९:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको दोश्रो लहरकै बीच आर्थिक गतिबिधी चलायमान नबनाए अर्थतन्त्र थप शिथिल हुने बताएको छ । राष्ट्र अनुसन्धान विभागले गरेको अध्ययन प्रतिवेदनमा कोरोना संक्रमणलाई रोक्दै यथासम्भव आर्थिक गतिबिधी चलयमान बनाइनु पर्ने र त्यसो गर्न नसकिए अर्थतन्त्र थप शिथिल हुने निष्कर्ष निकालिएको हो ।

‘हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ । कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो छ’, राष्ट्र बैंकको अध्ययनमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्यांक संकलन गरी २०७८ वैशाख ५ देखि १४ गतेसम्म दोस्रो सर्वेक्षण गरेको थियो। सोही प्रतिवेदनले अर्थतन्त्र पुरानो अवस्थामा फर्कन नपाउँदै पुनः दोश्रो लहरले प्रभावित पारेको उल्लेख गरिएको हो ।

‘सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग÷व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ । यद्यपि अअझै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग÷व्यवसायहरु पुग्न सकेको देखिदैन ।’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग÷व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु रहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्