Shikhar Insurance

सबै ठेक्का प्रक्रिया रोक्न महासंघको माग, ‘आर्थिक मिलेमतो’को शंका (विज्ञप्तिसहित)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १४:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निषेधाज्ञा अवधिमा पनि निर्माण कार्यको बोलपत्र आह्वानप्रति आपत्ति जनाएको छ । स्वास्थ्य सामाग्रीबाहेक अन्य निर्माण प्रक्रियामा सबै निर्माण व्यवसायी सहभागी हुन नसक्ने अवस्थामा यसरी ठेक्का आह्वान हुनुले आर्थिक मिलेमतोको संकेत गरेको महासंघको ठहर छ ।

महामारीका अवधिमा बैंकहरु बन्द छन् । साइट भिजिट तथा प्रिबिड मिटिङ पनि सहभागी हुने असम्भव छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघले आफूहरुलाई सार्वजनिक खरिद ऐन र नियमावली मिचेर खरिदका प्रक्रिया अघि बढाइएको सूचना आफूलाई प्राप्त भएको जनाएको छ । महासंघले निषेधाज्ञा सकिएको १५ दिनसम्मका लागि अत्यावश्यकबाहेकका सबे खरिद प्रक्रिया रोक्न माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्