Shikhar Insurance

अमेरिकामा एनआरएनएको चुनाव, उम्मेदवार वाग्ले परोपकारी काममा नेपालमै व्यस्त

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १२:१३
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को मे २९ र ३० मा हुने उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छन् ।

यसैबीच एनआरएन अमेरिकाको एनसीसीको बोर्ड अफ डाइरेक्टरका लागि सर्लाही घर भई बोस्टनमा बस्दै आएका सुरेश वाग्लेले प्रचार अभियान तीव्र बनाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई दिन अनलाइनबाट हुने मतदानमा ‘एनआरएनए’ सदस्यले आफूलाई भोट दिन अपिल गरेका छन् ।

उनले आफू चुनावी दौडधुपमा नरहेको, प्यानलमा संलग्न नभएको बताएका छन् । बरू, नेपालमै रहेर परोपकारी काम गरिरहेको बताएका छन् । वाग्लेले भनेका छन्, मलाई तपाईंहरूले यो ‘एनआरएनए’को चुनावी दौडधूप र भिडमा देख्नु हुन्न । चुनावमा अनावस्यक दौडधूप र खर्च गर्नुभन्दा म नेपालमा रहेर कोरोना कहरमा परेकाहरूलाई सहयोगका गरिरहेको छु । म हाल नेपालमै छु । विभिन्न संस्थाहरूमार्फत् केही समाजिक कामहरू गरिरहेको छु ।

उनले आफू ‘प्यानल’मा नरहनुको कारण पनि खुलाएका छन् । जुन प्रवृतिको विरोध गर्न म उमेद्वार भएको छु त्यही बाटोबाट गएर मलाई चुनाव जित्नु छैन, वाग्लले भने, मलाई जितेर पनि हार्नु छैन बरु चुनावमा हार्न तयार छु, यसरी मेरो विचारको त जित हुन्छ । “म हारे पनि जिते पनि २ वर्षका लागि मात्रै हैन सदैव तपाईंहरूकै साथमा हुनेछु” उम्मेदवार वाग्ले सिंहदरवार सँग भने ।

त्यस्तै वाग्ले काठमाडौंमा संचालित हन्डेट्स ग्रुपलाई आर्थिक सहयोग समेत समेत गरेका छन्

उक्त ग्रुपले काठमाडौंको नयाँवानेश्वरमा कोरोना संक्रमित हरुका लागि निशुल्क उपचार सुबिधा सहितको आइसोलेसन सेन्टर संचालन गरेको छ ।

कठमाडौंको गौशालामा नियमित रुपमा संचालन भैरहेको निशुल्क भोजन वितरणमा समेत वाग्ले नियमित रुपमा सकृय रहेका छन् ।

हेरौं वाग्लेको सकृयता तस्विरमा

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्