Shikhar Insurance

नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १४:०३
NIMB
Nabil Bank

बझाङ । सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ ।
बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो । नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन जाली भासिएको र त्यसको असर पर्खालमा पनि परेको स्थानीय सडक पुर्वाधार विकास कार्यक्रमका प्राविधिक हरिशंकर जोशीले बताए । ग्याबिन जाली गएपछि सो पर्खाल भासिएको जोशीले बताए ।

झण्डै रु आठ करोड लागतमा ७० मिटर लम्बाइको पानकोट पुल निर्माणको जिम्मा इलाइट कन्ट्रक्सनले पाएको थियोे । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ वैशाखमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि विभिन्न बहाना गरी पुल २०७८ वैशाखमा निर्माण सम्पन्न गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पुलको काम निर्माण कम्पनी इलाइट कन्ट्रक्सनले पाएको भएपनि ग्याविन जाली हाल्ने काम उपभोक्ता समितिले बनाएको थियो । पर्खाल भासिएपछि गाडी सञ्चालनमा ल्याउन सकस भएको यातायात व्यवसायी कैलाश खडकाले बताए । सो पुलको निर्माण कार्य गत वैशाखमा निर्माण सम्पन्न भएकोे थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्