Shikhar Insurance

सरकारी भुक्तानीमा ई–सेवाको अद्वितीय बजार हिस्सा, ९० प्रतिशत अनलाइन भुक्तानी ई–सेवाबाटै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार २१:३४
NIMB
Nabil Bank

काठमाडौं । सन् २००८ देखि अनलाइन भुक्तानीको आइडिया ल्याएको ई–सेवाको आक्रामक बजार विस्तार योजना अझै जारी छ ।

ल्यान्डलाइनको बिल, बिजुलीको बिल, खानेपानीको बिल, जहाजको टिकट, खेलकुद प्रतियोगिताको टिकट, पेट्रोल पम्प देखि विद्यालयको शूल्क पनि अनलाइन माध्यमबाटै तिर्न सकिने व्यवस्थाले यी सेवा शूल्क तिर्ने क्षेत्रमा एकछत्र राज गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

११ वर्षदेखि उपभोक्ताले सुन्दै आएको ईसेवाको बाटो पहिल्याउने तीन दर्जन बढी संस्था नेपालमा छन् ।

मोबाइल र बैंक जोडिइ सकेका छन् । डिजिटल प्रणालीमा १० प्रणाली सञ्चालक र ई–सेवासमेत २८ सेवा प्रदायकले अनुमति पाएका छन् ।

तर, ई–सेवा अद्वितीय छ । सेवा प्रदान गर्ने क्रममा सरकारी भुक्तानी पनि उपलब्ध गराएको छ । ई–सेवाबाट कर दाताले सजिलै आन्तरिक राजस्व कार्यालयको भुक्तानी गर्न सक्ने भएको छ भने ट्राफिक राजस्व पनि यही माध्यमबाट बुझाउन सकिन्छ ।

यो सुविधा इसेवामा उपलब्ध भएसँगै ग्राहकले सम्पत्ती कर, व्यवसाय कर, तथा अन्य सेवा शुल्क ई–सेवाबाटै बुझाउन सक्ने व्यवस्था भएको कम्पनीले जनाएको छ ।

पुसदेखि करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व ई–सेवाबाट नै दाखिला ९भुक्तानी० गर्न व्यवस्था मिलाइएको हो । ई–सेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्छन् भने ई–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ई–सेवा जोन तथा ई–सेवा प्वाइन्टबाट कर भुक्तानी गर्न सक्ने व्यवस्था छ ।

यो सहकार्यबाट सरकारको नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य कार्यान्वयन अभियानमा सघाउ पुगेको ई–सेवाको दाबी छ । यो सुविधाबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिलेको छ । र, सेवा आन्तरिक राजस्व कार्यालयको वेबसाइटबाट लिन सकिन्छ ।

कम्पनीका अनुसार ई–सेवाका माध्यमबाट कर बुझाउनेको संख्या ह्वात्तै बढेको छ । वैशाखमा निषेधाज्ञाका माझ अनलाइनबाट कर बुझाउनेको संख्या बढेको ई–सेवाले जानकारी दिएको छ । कम्पनीका अनुसार वैशाखमा ई–सेवामार्फत कर बुझाउनेको संख्या नियमितभन्दा २५ प्रतिशत बढी थियो ।

यस्तै ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना ई–सेवाबाट नै भुक्तानी गर्न सकिन्छ । यो व्यवस्था माघको तेस्रो साता गरिएको हो ।

प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिएको छ ।

अनलाइन भुक्तानी गर्दा जरिवानाबापतको राजस्व रकम सिधै सरकारी राजस्व खातामा जम्मा हुने गरेको छ । यसले गर्दा जरिवानाबापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सवारीचालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सकिन्छ ।

यो व्यवस्थाले यसअघि बैंकमा लाइन बस्नुपर्दा धेरै समय खर्चिनुपर्ने र झन्झटिलो प्रक्रिया बेहोर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

ई–सेवाका अनुसार अहिले अनलाइन माध्यमबाट भुक्तानी हुनेमध्ये ९० प्रतिशत रकम ई–सेवाबाट हुने गरेके छ । ई–सेवामार्फत् हुने भुक्तानी ट्राफिकले गर्ने कुल राजस्व संकलनको ६० प्रतिशत हो ।

ई–सेवामार्फत कसरी बुझाउने कर ?
आन्तरिक राजस्व कार्यालयको करदाता पोर्टलमा गइ बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्सपेयर लगइनमा क्लिक गर्नुपर्छ ।
त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी अघि बढ्नुपर्छ र त्यसपछि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्छ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेस्ट बैंक वा राष्ट्रिय वाणिज्य बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र करबापतको रकम उल्लेख गर्नुपर्छ ।

सो काम गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्छ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि ई–सेवामा क्लिक गरी ई–सेवाको वेबसाइट खोल्नुपर्छ ।

त्यसपछि गभर्मेन्ट पेमेन्टमा रहेको इन्ल्यान्ड रेभिन्यु डिपार्टमेन्टमा क्लिक गर्नुपर्छ । त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिन्छ ।

आफूले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पूरा भएको देखिन्छ ।

ई–सेवा मार्फत कसरी बुझाउने ट्राफिक राजस्व ?
ई–सेवाको एपमा रहेको ट्राफिक प्रहरीको लोगोमा थिचेपछि सवारीचालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गर्न सकिन्छ । त्यहाँ क्लिक गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम देखाउँछ ।

देखाइएको विवरण ठीक भए प्रोसिड गर्नुपर्छ । पुनः एक पटक विवरण यकिन गरी कन्फर्म थिचेपछि एमपिन वा फिंगरप्रिन्ट दाखिला गरी भुक्तानी प्रक्रिया पुरा गर्न सकिन्छ ।

ई–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनै पनि ई–सेवा जोन तथा पोइन्टमा गएरसमेत जरिवाना रकम भुक्तानी गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्