Shikhar Insurance

उदयपुर सिमेन्टले सरकारबाट लिएको ऋण पुँजीकरण गर्दै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सरकारबाट लिएको ऋण पुँजीकरण गर्ने भएको छ । १४ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्दै ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको ऋण पुँजीमा रूपान्तरण गर्ने भएको हो ।

साधारणसभाको विशेष प्रस्तावअनुसार कम्पनीको हाल रहेको पुँजीलाई बढाएर १० अर्ब पुर्‍याइने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सरकारलाई १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ ब्याज तिर्न बाँकी छ ।

कम्पनीले जेठ ३० गते साधारण सभा डाकेको छ ।

 

नोटः यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्