Shikhar Insurance

कोरोना कहरः उपत्यकामा एउटा बैंकको ६ शाखामात्र खोल्न राष्ट्र बैंकको निर्देशन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । बैंकहरुले काठमाडौं उपत्यकामा ६ वटामात्र शाखा खोल्न पाउने भएका छन् । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाखा खोल्न पाउँदैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै विकास बैंकले ४ र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्न पाउँछन् ।

वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा मात्र शाखा खोल्न पाउँछन् । यस्तै विकास बैंकले काठमाडौंमा २ तथा ललितपुर र भक्तपुरमा १–१ शाखा खोल्न पाउँछन् ।

वित्त कम्पनीले तीन जिल्लामा १–१ शाखा खोल्न केन्द्रिय बैंकको निर्देशन छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्