Shikhar Insurance

माधव नेपालसहित ११ सांसद पार्टी निकाला

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १८:४९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित ११ सांसदलाई पार्टी निकाला गरेको छ । सोमबार बसेको स्थायी कमिटी वैठकले वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, भीम रावलसहितलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

एमालेले रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कालाई पार्टी निकाला गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार नेपाली काँग्रेका सभापति शेरबहादुर देउवाको सरकारलाई समर्थन गर्दै सर्वोच्चमा हालिएको रिटमा हस्ताक्षर गर्ने बाँकी १२ जनालाई २४ घन्टाभित्र स्पष्टीकरण दिने निर्देशन दिइएको छ । स्थायी कमिटी वैठकले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्