Shikhar Insurance

डाक्टर कुट्ने ओली पक्षिय कार्यकर्ताको बचाउमा राष्ट्रपति विद्या भण्डारीको ट्वीट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १९:३५
NIMB
Nabil Bank

काठमाडौ. । भेरी प्रादेशिक अस्पतालमा डाक्टर कुट्ने एमाले कार्यकर्ताको बचाउमा राष्ट्रपति विद्या भण्डारीले ट्वीट गरेकी छिन् । भेरी प्रादेशिक अस्पतालमा बिहिबार कोरोना संक्रमितको मृत्यु भएपछि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मान बहादुर रावतलाई प्रहरीले पक्राउ गरेको थियो ।

रावतसहित अन्य दुई जनाले कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए । कुटपिटको सर्वत्र आलोचना भैरहँदा राष्ट्रपति भण्डारीले भने कुटपिटमा संलग्नहरुको बचाउमा ट्वीट गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दुस्ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’, राष्ट्रपतिको ट्वीटमा लेखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निटक रावत केन्द्रमा केपी ओली र विद्या भण्डारी निकट मानिन्छन् । एमाले महासचिव ईश्वर पोखरेलले कारवाहीका लागि अनुरोध गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्