Shikhar Insurance

रेशम चौधरी पनि ओली सरकारमा मन्त्री बन्ने, मुद्धा फिर्ता लिएर केहि दिनभित्रै रिहा गर्ने सहमति

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार २०:०४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले टिकापुर घट्नाका मुख्यअभियुक्त रेशम चौधरीको मुद्धा फिर्ता लिने भएको छ । कानुनमन्त्री लिलानाथ श्रेष्ठ संयोजकत्वको सरकारी वार्ता टोली र थरुहट।थरुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार सरकारले चौधरीको मुद्धा लिने प्रक्रिया अघि बढाउनेछ । सहमतिमा सरकारले रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण चौधरी लगायतको मुद्धा संबिधान र कानुन अनुसार फिर्ता लिन पहल गर्ने भनिएको छ ।

टिकापुर घट्नाका मसख्ष् आरोपी चौधरी तत्कालिन राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलालीबाट प्रतिनिधी सभामा निर्वाचित भएका थिए । उनले यस अघि नै संसदको पद तथा गोपनियताको सपथ ग्रहण भने गरिसकेका छन् । कारागारमा रहेका चौधरीको रिहाईलाई जनता समाजवादी पार्टी(महन्त राजेन्द्र) समुहले ओली सरकारमा सहभागी हुने सर्तका रुपमा अघि सार्दै आएको छ । श्रोतका अनुसार ठाकुर समुह सरकारमा सहभागी हुनु अघि नै चौधरीलाई रिहा गरिनेछ र उनी ओली सरकारमा मन्त्री समेत बन्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्