Shikhar Insurance

चिनियाँ कोरोना खोप सिनोभ्याकले पनि पायो मान्यता, गरिब देशलाई फाइदा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार १०:१७
NIMB
Nabil Bank

काठमाडौं । चिनले तयार पारेको नयाँ कोरोना खोप सिनोभ्याकले पनि आपतकालिन प्रयोगको मान्यता पाएको छ । विश्व स्वास्थ्य संगठनले सिनोफर्माद्धारा तयार पारिएको सिनोभ्याकलाई प्रयोग अनुमति दिएको हो ।

यद्यपी यो खोप अहिले पनि विश्वका थुप्रै देशहरुमा प्रयोग भैरहेको छ । सिनोभ्याकलाई १८ वर्ष उमेर माथिका नागरिकलाई लगाउन सकिन्छ । दुई डोज लगाउनुपर्ने यो खोप पहिलो डोज लगाएको चार हप्तापछि लगाउनुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो खोप ब्राजिल, चिली, इण्डोनेसिया, मेक्सिको, थाइल्याण्ड, टर्की लगायतका देशहरुमा अहिले पनि प्रयोग भैरहेको छ । सिनोभ्याकले मे महिनाको अन्त्यसम्ममा ६० करोड डोज खोप निर्यात गरिसकेको जनाएको छ । यो खोप दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।

यो खोपले मान्यता पाएपछि नेपाल जस्ता विकासोन्मुख देशहरुलाई फाइदा हुनेछ । सहजै भणडरण गर्न सकिने यो खोप न्युन मूल्यमा आवश्यक मात्रामा चिनले उपलब्ध गराउने भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्