Shikhar Insurance

रक्तदान कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार २३:२५
NIMB
Nabil Bank

धनगढी । शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि. धनगढी अत्तरिया र शिव शिखर एग्रो प्रा.लि.को आयोजनामा बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएकोे छ । कोरोना संक्रमणका कारण अस्पतालमा विरामीहरुको उपचारका लागि रगतको कमि भएर असहज अवस्था सिर्जना हुन थालेपछि समाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि.का सुदुरपश्चिम प्रदेश प्रवन्धक हेमराज जोशीले बताए ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा दुबै संस्थ।का २५ जना कर्मचारीले रक्तदान गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैवीच शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि.ले नेपाल पत्रकार महासंघ कैलाली शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । सञ्चारकर्मीहरुलाई अफ्ठयारो समयमा सघाउन पत्रकार महासंघले आफना शाखाहरुमा पत्रकार कल्याण कोषको स्थापना गर्ने गरेको छ ।

प्रबन्धक जोशीका अनुसार अग्रपंक्तिमा रहेर सूचना र समाचार सम्प्रेण गर्ने सञ्चारकर्मीहरुलाई सहयोग पुगोस भन्ने उदेश्यले सहकारीका तर्फबाट पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्