Shikhar Insurance

‘कर्जाको ब्याजदर १५ प्रतिशतसम्म हुनु धेरै होइन’

भुवन दाहाल
२०७८ जेष्ठ २२, शनिबार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कर्जाको ब्याजदर १५ प्रतिशत धेरै नभएको बताएका छन् । एक कार्यक्रममा उनले गाउँका मान्छेहरुले मासिक सयकडा ५ रुपैयाँसम्म तिर्ने गरेकामा बैंक पुगेपछि सस्तोमा ब्याज पाउन थालेको बताएका हुन् ।

दाहालका अनुसार त्यसरी चर्को ब्याज तिरिरहेकाहरुका लाग १५ प्रतिशत धेरै ब्याज होइन ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले चालु आव सरकार दिनुपर्ने राहत बैंकहरुले दिएका कारण ९ करोड रुपैयाँमात्र सञ्चालन मुनाफा गरेको बताएका छन् । “१० खर्ब सम्पत्ति बढाएर ९ करोड नाफा गरेका छौं । जबकि राज्यले गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको छ,” उनले भने । नाफा जति सबै राज्यलाई योगदान गरेको दाबी उनले गरे ।

प्रस्तुत छ, अध्यक्ष दाहालले व्यक्त गरेको विचारको सारांशः
– हरेक वर्ष २ खर्बमात्र कर्जा विस्तार हुने गरेकामा चालु आवको पहिलो ९ महिनामै साढे ६ खर्बको निक्षेप बढेको छ । यत्तिको विस्तार हुनुको कारण बैंकबाट दिइएको सुविधा नै हो । सरकारले घोषणा गरेको राहत हामीमार्फत नै निजी क्षेत्रलाई प्रदान गरिएको छ । बैंकले नै सबै राहत बेहोरेका हुन् भन्ने प्रमाण केही विषयले दिन्छन् ।
– जस्तो कि, स्प्रेडदर ३ प्रतिशत नजिक पुग्दो छ । १० खर्ब बढी सम्पत्ति बढाएर हामीले ९ करोड रुपैयाँमात्र सञ्चालन मुनाफा गर्न सकेका छौं । जबकि राज्यको राजस्व १५ प्रतिशतले विस्तार भएको छ । नाफा जति सबै सरकारलाई योगदान गरेका छौं ।
– गत आवको अन्तिम ४ महिनामै करिब १० अर्ब रुपैयाँ बराबरको राहत बैंकहरुले दिएको सरकारी विवरण छ ।
– गाउँगाउँमा बैंक नपुगेका दिनबाट अघि बढ्दा आज ब्याजदर ठूलो कुरो होइन, ऋण पाउनु ठूलो हो । किनकी मासिक सयकडा ३ देखि ५ ९वार्षिक ३६ देखि ६० प्रतिशतसम्म० तिर्ने गाउँका मान्छेलाई १५ प्रतिशत ठूलो ब्याजदर होइन ।
– आजसम्म ८३ अर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छौं । यसबार ६० हजार बढी लाभान्वित भएका छन् ।
– जसजसलाई शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिन सकेनौं प्रपोजल राम्रो नभएर मात्र हो । कर्जा दिएर कालोसूचीमा राख्न मन त हामीलाई पनि छैन नि !

GBIME

प्रतिक्रिया दिनुहोस्