Shikhar Insurance

सेयर बजारतर्फ पर्यटन व्यवसायी, सेयर लगानीकर्ता संघबाट ज्ञान बटुल्दै !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २३, आईतवार १२:१२
NIMB
Nabil Bank

काठमाडौं । कोरोना महामारीका कारण पर्यटन क्षेत्र व्यवसाय ठप्पै भएपछि यस क्षेत्रमा लागेका व्यवसायी सेयर बजारतर्फ रम्न थालेका छन् । व्यवसायमा ताल्चा लगाएर घेरै बस्नुभन्दा लगानीको नयाँ क्षेत्र केलाउँदै उनीहरुले सेयर बजार पहिल्याएका हुन् ।

जुन व्यवसाय गरिरहेका थिए, त्यसबाट २–४ पैसा आय आम्दानी गर्न नसकेपछि उनीहरुले लगानीको नयाँ क्षेत्र हेरेका छन् । अहिले उनीहरु ११ बज्दै गर्दा कम्युटर छेउमा बस्छन् । आफूले छानेको कम्पनी अध्ययन गर्छन्, बजारको ट्रेन्ड एनालाइसिस गर्छन् । र, दीर्घकालमा फाइदा दिने सेयर किनिहाल्छन् । थोरै जोखिम मोल्न सक्नेहरु, सेयर बजारबाट तत्काल लाभ हुने कम्पनी रोजिहाल्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सोसाइटी अफ ट्राभल एन्ड टुर एसोसिएसन नेपालमा महासचिव भुुवन पाण्डेले आज ११ बज्दै गर्दा सेयर बजारका गतिविधि नियाल्दै गरेको बताए ।

दुई दिन अघिमात्र उनीहरुले सेयर लगानीकर्ता संघ नेपालको सहकार्यमा सेयर बजारको आधारभुत तथा प्राविधिक तालीम लिए । जसमा विज्ञले कम्पनी विश्लेषण गर्न सिकाए भने अनुभवी लगानीकर्ताले बजारबाट बटुलेको ज्ञान बाँडे ।

अहिलेको स्थितिमा सेयर बजारभन्दा अन्य क्षेत्रमा लगानीको अवसर पनि छैन । सेयर कारोबार घरैमा बसेर अनलाइन माध्यमबाट गर्न सकिन्छ । थोरै पैसा लगानी गरेर पनि प्रतिफल लिन सकिने आशाले पर्यटन व्यवसायीले सेयर बजारलाई फोकस गरेका छन् ।

महासचिव पाण्डे भन्छन्, “पर्यटन व्यवसाय धरासयी हुने स्थितिमा छ । त्यसो भएकाले बाँच्ने नयाँ आधार खोज्दै गर्दा सेयर बजार भेट्टाएका छौं ।” उनका अनुसार पर्यटनमा पनि होटल र ट्राभल एन्ड टुर व्यवसायी सबै भन्दा बढी प्रभावित बनेका छन् ।

सेयर बजारमा प्रवेश गर्न कहीँ कतै व्यवसाय दर्ता गर्न आवश्यक छैन । काम व्यवसाय ठप्प भएका बेला घरैमा मात्र बसेर नहुने भएकाले सेयर बजार रोजेको उनले बताए ।

उनले भने, “गत वर्ष ९–१० महिना यसै बित्यो । गत सालको जस्तो त बनाउनु भएन नि !”

पाण्डेसँगै करिब १ सय पर्यटन व्यवसायीले सेयर लगानीकर्ता संघ नेपालले आयोजना गरेकाे प्रशिक्षण कार्यक्रममा तालीम लिएका छन् ।

संघका उपाध्यक्ष ताराप्रािद फुल्लेलले आफूहरुले अनुभव सेयर गरेको बताए । “उहाँहरुमा ऊर्जा देखिएको छ, सक्रिय सहभागिता थियो,” उनले भने, “३ वटा संस्थाका पदाधिकारी तथा सदस्यहरु करिब १ सयको संख्यामा सहभागी हुनुभएको थियो । उहाँहरुले हरेक मिनेट मूल्यवान मान्नुभयो ।”

हवाइ उडानदेखि होटल, ट्राभल टुर व्यवसाय बन्द रहेका बेला घरैमा बसेर आय आर्जन गर्न सकिने सेयर बजार उत्कृष्ट गन्तव्यस्थल बनेको छ ।

पर्यटन व्यवसायीहरु आफैंले इच्छा व्यक्त गरेपछि तालीमको प्रबन्ध मिलाइएको थियो ।

फुल्लेलले संस्थागत रुपमा आफूहरुलाई अनुभव सेयर गर्ने अनुरोध आए, सेयर बजारको जानकारी गराउन, प्रशिक्षण दिन संघ तयार रहेको बताए ।

सेयर लगानीकर्ता संघले सेयर बजारका उपलब्धि हासिल गर्ने क्रममा नेतृत्वदायी पहल गर्दै आएको छ ।

तालीममा उपस्थित तथा सोट्टो नेपालका अध्यक्ष नारायण पराजुलीले पर्यटन व्यवसाय धरासयी बनेका बेला आफूहरुलाई लगानीको विकल्प चाहिएको बताए ।

“घरै बसेर काम गर्न मिल्ने कुनै लगानीको क्षेत्र पहिल्याउनु थियो,” उनले थपे, “केही साथीहरु सेयर बजारमा सक्रिय हुन थालेको र यसबाट लाभ लिन सकिने देखिएपछि अनुभवी लगानीकर्ताको अनुभव र सिकाइको आवश्यकता महसुस गर्‍यौं ।”

नयाँ क्षेत्रमा सीधै प्रवेश गरिहाल्नु भन्दा विज्ञको सहायता लिऔं भनेर संघसँग सहकार्य गरेको उनले बताए ।

“धेरै साथीहरु सेयर बजारबारे अनभिज्ञ हुनुहुन्थ्यो,” पराजुलीले भने, “हामी शून्य ज्ञान भएकालाई उहाँहरुले फन्डामेन्टल र टेक्निकल विषय सिकाउनु भयो ।”

कुन कम्पनीको सेयर किन्दा के पक्ष हेर्ने ? संस्थाको अध्ययन कसरी गर्ने ? जस्ता विषय तालीमबाट सिकेको उनले बताए । “केही नबुझी सेयर किन्दा बजार बढ्छ भन्ने हल्लाको भरमा किन्थ्यौं भने घट्छ भन्ने हल्लामा बेचिदिन्थ्यौं,” पराजुलीले भने, “उहाँहरुले मार्गदर्शन गराउनुभयो ।”

तालीमबाट पर्यटन व्यवसायीले जोखिम किन मोल्ने ? कसरी मोल्ने ? भन्ने सिकेका छन् । कसरी कारोबार गर्दा सुरक्षित हुन्छ ? भन्ने चाल पाएका छन् ।

“उहाँहरुले देखाएको बाटो प्रभावकारी छ,” अध्यक्ष पराजुलीको भनाइ छ, “नत्र जता बजार जान्छ त्यतै जान्थ्यौं । उता हाइड्रो बगाइसक्यो, यता मूल्य बढिरहेको छ । त्यता जोखिम मोलेर फस्थ्यौं ।”

सेयर लगानिकर्ता संघ नेपालले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, पर्यटन सहयात्री बचत तथा ऋण सहकारी संस्था र ब्रोड युनिटी इन्भेस्टमेन्ट कम्पनीका पदाधिकारी एवं सदस्यहरूलाई सेयर सम्बन्धि प्रशिक्षण दिएको हो ।

कार्यक्रममा ३ वटा संस्थाका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा उपस्थित सदस्यहरूलाई सेयर लगानिकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र उपाध्यक्ष तारा प्रसाद फुल्लेलले नवप्रवेशी लगानिकर्ताले विशेष गरी के के कुरामा ध्यान दिनु पर्छ ? लगानी गर्दा अपनाइने सावधानी र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

दोश्रो चरणको प्रश्नोत्तर कार्यक्रममा लगानिकर्ता संघका सदस्यद्वय युजन वजिमय र अमर डंगोलले सहजीकरण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्