Shikhar Insurance

बीमा अभिकर्ताले ऋण तिर्ने समय लम्बियो, कहिले उठाउँछन् ८ अर्ब ७१ करोड ऋण ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार ०७:५४
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ताहरुले लिएको ऋण तिर्ने समय थपिदिएको छ । यस अघि समितिले बैशाख २ गते पत्र लेख्दै अभिकर्ताहरुले लिएको ऋण असार मसान्त भित्र असुली गरिसक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

बीमा समितिको स्वीकृति लिएर कम्पनीहरुले अभिकर्ताहरुलाई निश्चित प्रयोजनका लागि ऋण दिन पाउने व्यवस्था थियो । तर बीमा कम्पनीहरुले आफुखुसी अभिकर्ताहरुलाई ठूलो मात्रामा ऋण दिएपछि समितिले त्यस्तो ऋण प्रवाह रोकेर हालसम्म दिएको ऋण पनि असार मसान्त भित्रै असुल्न भनेको थियो । ‘असार मसान्त भित्र अभिकर्तालाई दिएको ऋण फरफारक गर्न भनेका थियौं, त्यसमा केहि व्यवहारिक कठिनाई आएको देखियो, अब त्यस्तो ऋण उठाउने समय र योजना पेश गर्न भनेका छौं, नयाँ ऋण प्रवाह बैशाख २ गतेदेखि नै रोकिदिएका थियौं’, बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसरी ऋण असुली नगरे कम्पनीलाई कारवाही गर्ने समितिले स्पष्ट पारेको थियो । तर अभिकर्ता र बीमा कम्पनीहरुले बैशाख २ गते अघि प्रवाह गरिएको ऋण तत्काल उठाउन नसकिने भन्दै समितिलाई पुनःविचार गरिदिन आग्रह गरेका थिए । कम्पनी र अभिकर्ताको आग्रह अनुसार समितिले त्यस्तो ऋण तिर्ने अवधीमा थपिदिएको हो ।
अब बीमा कम्पनीहरुले आफुले प्रवाह गरेको ऋण कहिलेसम्म कुन उठाइसक्ने हो ? त्यस सम्बन्धी योजना बनाएर बीमा समितिमा पेश गर्नुपर्नेछ ।

हाल १९ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई ८ अर्व ७१ करोड भन्दा बढी ऋण अभिकर्तालाई दिएका छन् । जसमध्ये सबैभन्दा बढी एलआईसी नेपालले ५ अर्ब ४१ करोड ऋण दिएको छ । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ८३ करोड रूपैयाँ ऋण दिएको छ ।

अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका थिए यसरी कम्पनीहरूले प्रदान गर्ने कर्जा अभिकर्ताको कार्य सम्पादनमा आधारित हुने गरेको थियो । अर्थात् अभिकर्ताको तत्काल पाकेको कमिसन र आगामी दिनमा नवीकरण बिमाबापत प्राप्त हुने कमिसनलाई आधार मानी कम्पनीहरूले कर्जा प्रदान गर्दै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्