Shikhar Insurance

उपत्यकामा निषेधाज्ञा थप, तर खुकुलियो (के गर्न पाइने ? के नपाइने ?)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १६:५७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एक साताका लागि थप भएको छ । यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

तर, निषेधाज्ञा पहिलेजस्तो कडा हुने छैन । तरकारी पसल र किराना पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने स्टेसनरी र हार्डवेयर पनि खुल्न दिइने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले पुस्तक पसल बिहान ११ बजेसम्म खुल्न दिइने भएको छ ।

यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न पाइनेछ ।

विभिन्न मुलुक जाने भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गरिने भएको छ ।

कोरोनाको दोस्रो लहरको प्रभाव कम गर्न उपत्यकामा गत वैशाख १६ देखि निषेधाज्ञा आह्वान गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्