Shikhar Insurance

धितोपत्र बोर्डको सूची प्रभावः १३३ कम्पनीका सेयर मुल्य घटे, नेप्सेमा ५२ अंकको गिरावट

सेयरमा पहिरोः अत्तालिए लगानीकर्ता, सेयर मूल्य घट्न थालेपछि सस्तैमा सेयर बेच्न तयार
सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चलखेल गरी मूल्य बढाइएको भन्दै ५१ कम्पनीको सूची निकालेको भोलिपल्टै सेयर बजारमा १ सय ३३ कम्पनीका सेयर मुल्य घटेको छ । बोर्डले ती कम्पनीको प्रतिसेयर आम्दानी पीई रेसियो तथा नेटवर्थका आधारमा विश्लषण गरी जोखिम रहेको भन्दै थप अध्ययन गरिने बताएको थियो ।

बोर्डको सो विज्ञप्तिपछि लगानीकर्ताको कन्फिडेन्स घटेपछि बुधबार सेयर बजारमा पहिरो गएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बजारमा उल्लेखित ५१ सँगै अरू कम्पनीको सेयरमा आपूर्ति ह्वात्तै बढेको थियो । लगानीकर्ता सस्तोमा सेयर बेच्न तम्सिएका थिए । केही लगानीकर्ता भने सस्तोमा सेयर पाउन थालेपछि किनिरहेका थिए ।

देशभर जारी निषेधाज्ञाका माझ लगानीको अन्य क्षेत्र खुला नहुँदा आम सर्वसाधारका लागि सेयर बजार गतिलो लगानीको गन्तव्य बन्दै आएको थियो । जसका कारण दैनिक कारोबार रकम २० अर्ब रूपैयाँसम्म पुगेको थियो ।

धितोपत्र बोर्डको विज्ञप्तिका बाबजुद लगानीकर्ता सेयर किन्न रोकिएका छैनन् । बजारमा साढे १५ अर्बको सेयर किनबेच भएको छ ।

१ सय ३३ कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक ५२.३९ अंकले घटेर २९६९.७२ अंकमा ओर्लिएको छ । परिसूचक १.७३ प्रतिशतले ओरालो लाग्दा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ करोड ८२ लाख कित्ता सेयर किनबेच भए ।

बजारमा १७ कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले घटे । यद्यपी सीईडीबी हाइड्रोको सेयर मस्ल्य १० प्रतिशतले बढेको छ ।

यस्तो देखियो बजारः

 

GBIME

प्रतिक्रिया दिनुहोस्