Shikhar Insurance

क्लबहाउसः ४ अर्ब डलरको एप, जहाँ न त प्राइभेसी छ न त सेक्युरिटी नै !

सिंहदरबार संवाददाता
२०७८ असार ३, बिहीबार १६:०१
NIMB
Nabil Bank

एजेन्सी । क्लबहाउस सानो तथा तीब्र विस्तार भइरहेको माबाइल एप हो । इन्भाइटमात्र गर्न मिल्ने यो च्याट एप तथा सामाजिक सञ्जालको स्वामित्वकर्ता हो, अल्फा एक्स्प्लोरेसन ।

क्लबहाउस बोल्ने रेडियो र पोडकास्टको समिश्रण हो भन्ने महसुस हुन्छ । जहाँ उपलब्ध डिजिट स्पेस अर्थात् ‘रुम’ मा वक्तहरुको प्रत्यक्ष वार्तालाप सुन्न सकिन्छ । वक्ताहरु ‘होस्ट’ र ‘गेस्ट’ हुन्छन्, उनीहरुको आफ्नै क्लब पनि हुने गर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

क्लबहाउका रुम वा क्लब भिन्न विषयमा सम्बन्धित हुन्छन्, फेसनदेखि बिटक्वाइनसम्म, युवायुवतीको गफदेखि हट टपिकसम्म, समाचारदेखि अध्यात्मसम्म ।

सहसंस्थापकद्वय रोहन सेठ र पल डेभिसनले मार्च २०२० मा आईओएसका लागि बेटा एप तयार पारेका थिए । तर, एपको तीब्र डाउनलोड २०२१ मा भयो । कोभिड १९ महामारीका कारण घरमै बसेकालाई जोड्ने माध्यम क्लबहाउस बनेको थियो । सोही समय एलन मस्कलगायत उच्च प्रोफाइल भएका व्यक्तिहरुले यो एप प्रयोग गरेपछि सामाजिक आवद्धताको प्रतीक्षामा रहकाहरु धमाधम जोडि थाले । यो एपको राम्रो पक्ष उच्च गुणस्तरको भ्वाइस च्याट हो ।

अहिले क्लबहाउको साप्ताहिक १ करोड प्रयोगकर्ता रहेको विश्वास गरिन्छ भने अल्फ एक्स्प्लोरेसनको मूल्य ४ बिलियन अमेरिकी डलरबराबर रहेको बताइन्छ ।

उच्च मूल्यांकनका बाबजुद क्लबहाउस गोपनीयता तथा सुरक्षामा निकै कमजोर मानिएको छ ।

यो स्पष्ट छ कि क्लबहाउस सुरक्षा र गोपनीयता ध्यानमा राखेर डिजाइन गरिएको एप होइन जुन सुरुमा गोपनीयता नीतिबिनै लञ्च गरिएको हो ।

एप डाउनलोड गर्नेवित्तीकै फोनमा भएको सम्पर्क नम्बरमा पहुँच दिन जरुरी रहन्छ । एपले नयाँ प्रयोगकर्ता हो भन्ने पनि इंगित गर्दछ भने आफूले फलो गरेको व्यक्ति कुन रुममा छ, नोटिफिकेसनमार्फत् जानकारी दिन्छ । क्लबहाउसले दुव्र्यव्हार गर्नेलाई ब्लक गर्ने सुविधा पनि दिएको छैन ।

यसमा बोलिएका सबै कुराहरु रेकर्ड गरिन्छ र एपले असिमित ट्रयाकिङ औजार प्रयोग गरेको छ ।

प्रयोकर्ताको गुनासो पनि क्लबहाउसले सामान्य ट्विस्ट गरेको हो, अहिले फोन नम्बर वा सम्पर्क नम्बर हालेर आफैं इन्भाइट गर्न सकिन्छ र इन्भाइट गरेको व्यक्तिले स्वीकार नगरेसम्म सम्पर्क जानकारी एपले लिँदैन ।

यो युरोपका लागि समस्याको विषय हो । युरोपको डेटा सुरक्षाको नियम क्लबहाउस एपले अंगिकार गरेको छैन ।

सुरक्षा विज्ञहरुले एपको गोपनीयता चुनौतीप्रति प्रश्न उठाएका छन् । गत फेब्रुअरीमा क्लहाउसले अडियो तथा प्रयोगकर्ताको व्यक्तिगत जानकारी प्लेन टेक्स्टका रुपमा चीनमा ट्रान्स्मिट गरेको अमेरिकी अध्ययनकर्ताहरू पत्ता लगाएका थिए ।

केही समयघि मात्र १३ लाख क्लबहाउस प्रयोगकर्ताको व्यक्तिगत जानकारी (नाम, तस्बिर, सामाजिक सञ्जाल ह्यान्डल तथा सम्पर्क आदि) सार्वजनिक भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्