Shikhar Insurance

प्रिमियममा आईपीओ ल्याउँदै रिलायबल लाइफ, सय रुपैयाँमा पालो कुर्दै तीन कम्पनी

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार ०९:२५
NIMB
Nabil Bank

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ । कुनै पनि कम्पनीले लगातार तीन आर्थिक वर्षसम्म नाफा गरेमा त्यस्ता कम्पनीले प्रिमियममा आईपीओ ल्याउने सक्ने व्यवस्था छ । रिलायबलले सोही व्यवस्थामा टेकेर प्रिमियममा आईपीओ ल्याउने गरि तयारी अघि बढाएको हो । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

बैंक तथा वित्तिय संस्थाहरुको हकमा भने बाफिया ऐनमै त्यस्ता कम्पनीहरुको आईपीओको मूल्य ले फ्रेस भ्याल्यु अर्थात एक सय रुपैयाँ हुने व्यवस्था छ । बीमा ऐनमा भने त्यस्तो कुनै व्यवस्था नभएकाले धितोपत्र दर्र्ता तथा निष्काशन नियमावली अनुसार बीमा कम्पनीहरुको आईपीओको मूल्य सम्बन्धी निर्णय हुन्छ । रिलायबलको प्रति सेयर नेटवर्थ १६४.३५ रुपैयाँ छ । नेटवथदुई गुणासम्म प्रिमियम मूल्य तोकेर आईपीओ जारी गर्न पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

रिलायबललाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न बीमा समितिले सैद्धान्तिक सहमति दिईसकेको छ । समितिले कानुनसँग नबाझिएको हकमा प्रिमियममा आईपीओ जारी गर्न कुनै बाधा नपर्ने भन्दै सैद्धान्तिक सहमति दिएको हो । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता रुपेश केसीले बाफियामा बैंक तथा वित्तिय संस्थाहरुको प्राथमिक सेयर निष्काशनको मूल्य नै तोकिएको तर बीमा ऐनमा त्यस्तो व्यवस्था नभएकाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

नियमावलीमा लगातार तीन आर्थिक वर्षसम्म मुनाफामा रहेका कम्पनीहरुले प्रिमियममा आईपीओ जारी गर्न सक्ने व्यवस्था रहेको पनि उनले स्पष्ट पारे । नयाँ बीमा कम्पनीहरुले प्रिमियममा आईपीओ जारी गर्न चाहेमा सोही व्यवस्था अनुसार बोर्डले प्रक्रिया अघि बढाउने उनले बताए । तर बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको स्वीकृति भने आवश्यक पर्ने पनि केसीले जानकारी दिए ।

रिलायबल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले त्यसबारे अहिले नै केहि नबोल्ने बताए । ‘हामी छलफल र आवश्यक प्रक्रिया अघि बढाईरहेका छौं, त्यसबारे अहिले नै केहि नबोलौं’, गत हप्ता सिंहदरबारसँग लोहनीले भनेका थिए ।

हाल युनियन लाइफ, सानिमा लाइफ र आईएमई लाइफले एक सय रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । यीमध्ये युनियन र सानिमाले धितोपत्र बोर्डमा आवेदन नै दिईसकेका छन् । आइएमई लाईफले भने साधारण सभाबाट पास गरेर बोर्ड जाने तयारी गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्