Shikhar Insurance

पत्ता लाग्यो बर्मुडा ट्रायङ्गलको रहस्य, उडिरहेका तथा तैरिरहेका जहाज निल्ने ३ कारण

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १३:५४
NIMB
Nabil Bank

काठमाडौं । बर्मुडा ट्रयाङ्गल आन्ध्र महासागरको पश्चिमी हिस्सामा अवस्थित एक खतरनाक त्रिभुजाकार क्षेत्र हो । अमेरिकाको मियामी, क्यारेबियनको पोर्टोरिको र बर्मुडा टापुबीचको यो क्षेत्र रहस्यमयी त्रिभुज, सैतान सागर र आन्ध्र महासागरको नर्क जस्ता नामले चिनिन्छ ।

पछिल्ला १०० वर्षमा यसमा ७५ वटा ठूला जहाज र १०० भन्दा बढी साना पानीजहाज बिलाइसकेका छन् । यस क्रममा हजारौं मानिसको ज्यान गइसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसको  रहस्य अझै पनि रहस्यको गर्भभित्रै छ । के भनिन्छ भने बर्मुडा ट्रायङ्गलमा कैयौँ एयरक्राफ्ट र जहाजहरू अत्यन्त रहस्यमय ढंगले परिस्थितिवश गायब भएका छन् । यहाँ सामुद्रिक डाँकाको समूह छ भन्ने पनि विश्वास गरिन्थ्यो । यो स्थानमा पुगेपछि आकाशमा उडिरहेका जहाज तल तानिन्छन् । पानीजहाजहरू डुब्छन् । यहाँ चुम्बकीय शक्ति छ पनि भनिन्थ्यो ।

आन्ध्र महासागरको यही भागलाई बर्मुडा ट्रायगंल भनिन्छ । यहाँ पानीको चम्किला धार, प्रकाश र फिज देखिने गरेका छन् ।

अमेरिका पत्ता लगाउने निकोलस कोलम्बसले पनि आफ्नो पुस्तकमा यो क्षेत्र खतरनाक रहेको उल्लेख गरेका थिए । त्यहाँ पुग्दा उनको चुम्बकीय कम्पासले काम गर्न छाडेको थियो ।

केही वर्ष अघिसम्म यो ठाउँ संसारकै रहस्यमयी स्थानको सूचीमा आउँथ्यो । अहिले भने यस स्थानको यथार्थ बाहिर आइसकेको छ ।

 

के हो वास्तविकता ?

बर्मुडा ट्रायगंलले यसरी उडिरहेको तैरिरहेको वस्तु निल्न सक्नुपछाडि तीनवटा कारण मुख्य मानिएको छ । पहिलो, षट्कोण आकारका बादल । दोस्रो, समुद्रमुनि रहेको सक्रिय ज्वालामुखी । र तेस्रो, शक्तिशाली चुम्बकीय क्षेत्र ।

बर्मुडा ट्रायगंलको तस्बिर नासाको उपग्रहले खिचेर रहस्य सुल्झाउने प्रयास गरेको छ । नासाका अनुसार बर्मुडा ट्रायगंलमा बन्ने अजीब बादल नै हवाइजहाज तथा पानीजहाज गायब हुने कारण हो ।

त्यहाँ षट्कोण आकारको बादल बन्ने गर्छ । यीनमा हवाइ बिस्फोट गर्न सक्ने शक्ति हुन्छ । हवाइजहाज यस्ता बादलमा प्रवेश गर्दा समान दिशामा प्रवेश गरेको भए गति बढ्छ र विपरित दिशाबाट प्रवेश गरे विस्फोट हुन्छ । त्यहाँ नजीक रहेका पहाडमा १ सय ७० माइल प्रतिघन्टाको बेगमा हावा चल्दा भुमरीसँगै यस्ता बादल निर्माण हुन्छन् । भुमरी र सामु्द्रिक पानी मिलेर छाल आउँछ ।

यस्तो अवस्थामा जव जहाज बादलको सम्पर्कमा आउँछ, जहाजको सिस्टममा खराबी आउँछ र पाइलटले नियन्त्रण गुमाउँछन् ।

यहाँ रहेको शक्तिशाली म्याग्नेटिक फिल्डका कारण कम्पासले पनि काम गर्न छाड्छ । र, पाइलटले दिशा अनुमान लगाउन सक्दैनन् ।

यस्तै बर्मुडा ट्रायगंलमा समुन्द्रको पिँधमा सक्रिय ज्वालामुखी रहेको विश्वास गरिएको छ । ज्वाफामुखीबाट निस्कने मिथेन ग्यास पानीमा घुलेर त्यस क्षेत्रको पानीको घनत्व घटाउँछ र जहाजहरु पानीमा जुब्छन् । यस्तै ज्वालामुखीका कारण पानीभित्रै बनेका पहाडले जहाजलाई अवरोध पुर्‍याउँछन् ।

– एजेन्सीहरूको सहयोगमा

GBIME

प्रतिक्रिया दिनुहोस्