Shikhar Insurance

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ देखि, कति भर्ने, कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार ०९:३०
NIMB
Nabil Bank

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ असार १७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ मूल्यका ३ लाख ८९ हजार कित्ता वापतको ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । कुल निष्काशनको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्