Shikhar Insurance

फेरी बढ्यो इन्धनको मूल्य, अब कति ?

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार २०:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ । निगमले असार ९ गते राति १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

निगमले आन्तरिक उडानको हवाई इन्धनको मूल्य पनि २ रुपैयाँले वृद्धि गरेको छ । अन्तराष्ट्रिय हवाई उडानको इन्धनमा भने प्रति किलोलिटर २० डलरले वृद्धि गरेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ८२ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रिय उडानको इन्धनको मूल्य ७३५ डलर पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्