Shikhar Insurance

जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, तपाईले भर्नु भयो ?

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार ०९:०२
NIMB
Nabil Bank

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले शुक्रबारदेखि १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको आईपीओ बिक्री खुला गरेको थियो । आईपीओमा सोमबारसम्ममा १८ लाख ४० हजारको आवेदन परिसकेको छ ।

१८ लाख ४० हजार ३७ जनाले २ अर्ब ७८ करोड २६ लाख ३५ हजार रूपैयाँ बराबरको २ करोड ७८ लाख २६ हजार ३ सय ५० कित्ता माग गर्दै आवेदन दिएका छन् । ज्रीवन विकासको आईपीओ १०–१० कित्ताका दरले १ लाख ९० हजार जनाले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको हो ।

आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

कुल निष्काशनमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन सकिन्छ । न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्