Shikhar Insurance

‘राजनीतिक नेतृत्व र बिजनेस कम्युनिटीमा पनि परिपक्कता आएको छ’

सतीश कुमार मोर
२०७८ असार २१, सोमबार १०:२५
NIMB
Nabil Bank

नेपाल उद्योग परिसंघका अध्यक्ष हुन्, सतीश कुमार मोर । उनकै नेतृत्वमा परिसंघले ‘मेक इन नेपालः स्वदेशी अभियान’ सुरु गरेको छ । सरकारले पनि बजेटमार्फत त्यसको अपनत्व लिईसकेको छ ।

होङशी सिमेन्टमा विदेशी लगानी भित्र्याउने नेतृत्व गरेका मोरसँग कोरोनासँगै उद्योग व्यवसाय चलाउनुपर्ने अवस्था, राजनीतिक अस्थिरताका बीच लगानी प्रवर्द्धन, विदेशी लगानी आकर्षण लगायतका विषयमा सिंहदरबारले गरेको कुराकानीको सार ।

Citizen Life
Kumar Bank
Nepal Life

 

– राजनीतिक अस्थिरताले उद्यमी व्यवसायीको मनोबल केहि खस्किएकै छ, तर पनि हामीले यस्तै वातावरणमा पनि काम गर्दै आएका थियौं, अहिले पनि अस्थिरतासँग जुध्दै अघि बढ्नुको विकल्प छैन् ।

– राजनीतिक अस्थिरता हाम्रो जनजीवनको अभिन्न अङ्ग जस्तै भइसकेको छ, अब श्रीलङकाले जस्तै सबै कुरा हुँदा हुँदै पनि लगानी प्रवर्द्धन र समृद्धिका लागि अघि बढ्ने हो ।

– मेक इन नेपाललाई सरकारले नै ग्रहण गरेर बजेटमा राखेका छ, अब स्वदेशी उत्पादनको आन्तरिक खपत र निर्यातमा नयाँ तरंग आउँछ ।

– अस्थिरताले चन्दा त बढाउँछ तर आज जबरजस्ती चन्दा माग्ने अवस्था छैन् । चन्दा माग्ने वित्तिकै पाइहाल्ने, दिईहाल्नुपर्ने अवस्था अहिले छैन् ।

– राजनीतिक दल र बिजनेस कम्युनिटीमा पनि परिपक्कता आएको छ ।

– ग्लोबलाइजेसनले आन्तरिक उत्पादनको रक्षा गर्ने भन्दा पनि सस्तो र गुणस्तरिय उत्पादन खोजिरहेको हुन्छ, मेक इन नेपालले त्यसलाई चिर्नेछ ।

– कोरोना भ्याक्सिन ल्याउन निजी क्षेत्रलाई दिएको भए केहि समय अघि नै खोप आईसक्ने थियो ।

– कोरोनाले घरमै बसेर पनि व्यवसायका धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ, लगानीको क्षेत्र पनि अब केही बदलिनेछन् ।

– सिमेन्ट उद्योग नेपालका लागि ठूलो सम्भावना भएको क्षेत्र हो, निर्यातका लागि सरकारले रणनीति बनाउनुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्