Shikhar Insurance

ओली–नेपाल सम्वाद सकियो, ओली अडानले भएन सहमति

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार २१:५२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वाद सहमति बिनै टुंगीएको छ । कार्यदलले गरेको मस्यौदालाई अनुमोदन गर्न भन्दै अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच साँझ नक्सालस्थित मेरियट होटलमा वार्ता भएको थियो । एक घण्टा भन्दा बढी समय चलेको संवादमा दुबै नेताहरुबीच पार्टी एकताबारे छलफल भएको थियो । ओलीले आफ्नो अडान नछाडेपछि एकताका लागि ठोस वातावरण नबनेको हो ।

कार्य दलले पार्टी एकताका लागि मोटामोटी मस्यौदा तयार पारेको थियो । प्रतिनिधी सभा बिघटन सम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलालाई स्वीकार गरेर अघि बढ्ने, पार्टीकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, पार्टी संगठनलाई २०७५ जेठ २ अघिको संरचनालाई ब्युताउने, पार्टीका सबै निर्णयहरुमा दुई नेताहरुको सहमतिका आधारमा मात्रै गर्ने लगायतका विषयमा कार्यदलले समझदारी गरेको थियो । तर ओलीले आनाकानी गरेपछि सम्भावित सहमति भाडिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष र बरिष्ठ नेताबीच कुरा मिलेको अवस्थामा पार्टी एकताका लागि संयुक्त वक्तव्य जारी गर्ने तयारी थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्