Shikhar Insurance

अदालतलाई प्रभावित पार्ने निर्णय अमान्यः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार २३:२०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कार्यदलस्तरमा भएको भनिएको १० बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका छन् । सहमतिमा अदालतमा बिचाराधीन रहेको मुद्दालाई प्रभावित पार्नेगरी विषयवस्तु उठान गरिएको भन्दै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका हुन् ।

कार्यदलको सहमतिको ६ नम्बर बुँदाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने भन्दै उनले असहमति जनाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष केपी ओलीले पार्टी मिलाउने भन्दा पनि अदालतको मुद्दा प्रभावित पार्ने उद्देश्य राखेको नेता नेपालको निष्कर्श छ ।

कार्यदलबीच भएको ६ नम्बर बुँदामा लेखिएको छ, “प्रतिनिधिसभा विघटन सम्बन्धि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरूप हामप् अगाडि बढ्नेछौं ।”

GBIME

प्रतिक्रिया दिनुहोस्