Shikhar Insurance

लण्डन स्टक एक्सचेञ्जमा बण्ड जारी गर्ने निफ्राको सञ्चालक बने धनीराम शर्मा

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिमा धनीराम शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालयले सरकारी प्रतिनिधीका रुपमा शर्मालाई बैंकको सञ्चालक समितिमा पठाएको हो ।

असार २१ गते अर्थमन्त्रालयले गरेको निर्णय अनुसार शर्माले बैंक सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालेका हुन् । शर्माले अर्थमन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको जिम्मेवारी सम्हालिरहेका छन्

Citizen Life
Kumar Bank
Nepal Life

हाल बैंकमा बिशाल ग्रुपका तर्फबाट अनुज अग्रवाल अध्यक्ष छन् भने आईएमई लिमिटेटबाट चन्द्र प्रसाद ढकाल र इमर्जिङ नेपालका तर्फबाट लालमणी जोशी सञ्चालक छन् । सरकारले धनीराम शर्मालाई सञ्चाचलक बनाएपछि बैंकको बोर्डले पूर्णता पाएको हो । निफ्राले लण्डन स्टक एक्सचेञ्जमा बण्ड जारी गर्न लागेको छ ।

निफ्राले लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरि ३० मिलियन डलरको बण्ड जारी गर्ने बताउँदै आएको छ । बण्ड जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत पाईसकेको बैंकले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्