Shikhar Insurance

भोलिदेखि पेट्रोल पम्प बन्द गरी सघाउन पाँच विद्यार्थी संगठनको पत्र

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । पाँच विद्यार्थी संगठनले पेट्रोल पम्पहरूलाई भोलिदेखि तेल बेच्न बन्द गर्न पत्राचार गरेका छन् । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरूद्धमा संयुक्त विद्यार्थी आन्दोलनले भोलिदेखि देशभरका पम्प तथा ढुवानी ट्यांकर बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

संगठनले आन्दोलनमा सघाउन नेपाल पेट्रोलियम डिलर्स एसोसियसनलाई पत्र लेखेको हो । पत्रको अवज्ञा गरी पम्प खोले त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार व्यवसायी आफैं हुने उनीहरूको चेतावनी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पत्रमा नेविसंका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, संयुक्त विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्