Shikhar Insurance

अवरुद्ध सिस्नेरी–दक्षिणकालिको यातायात सञ्चालन

सिंहदरबार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १६:३९
NIMB
Nabil Bank

काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुख्खा पहिरो हटाएर आज अपराह्नबाटै यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार बिहान करिब ३५ मिटर पहिरो खसेको हुँदा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाइ आजै अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याएको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पहिलो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यसैगरी बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलागयतका सडकखण्ड सञ्चालन अवस्थामा रहेको प्रहरीले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्