Shikhar Insurance

इजरायल रोजगारीका लागि आवेदन खुल्योः १ हजार व्यक्ति जान पाउने, मासिक तलब १६ सय अमेरिकी डलर

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार ११:३१
NIMB
Nabil Bank

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली केयर गिभर इजरायल जानका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८’ जारी गरेसँगै वहुप्रतिक्षित अवसरको ढोका खुलेको थियो । मंगलबार वैदेशिक रोजगार विभागले आवेदन आह्वान सूचना सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार २१ दिनभित्र विभागको वेभसाइट अर्थात् यहाँ अनलाइन आवेदन दिनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजानेछ। जसमा ७०० महिला र ३०० पुरुष हुनेछन् । विभागको सूचनाअनुसार मासिक १ हजार ६ सय अमेरिकी डलर हुने उल्लेख गरिएको छ। ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ । हप्तामा ६ दिन काम गर्नुपर्नेछ । खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ।

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्नेछ ।

सरकारले इजरायलमा अस्थायी रोजगारीसम्बन्धि सम्झौतापत्रमा गत असोज १४ गते हस्ताक्षर गरेको थियो ।

पहिलो चरणमा केयर गिभर कामदार लैजाने बारे दुई देशले माघ ८ गते कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दुई देशको सम्झौताअनुसार नेपाली नागरिक केयर गिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा वैदेशिक रोजगारीका रुपमा इजरायल जानेछन् ।

२५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको नेपाली नागरिक केयर गिभरको रुपमा इजरायल जान पाउनेछन् । उनीहरुले कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्छ ।

कम्तीमा १.५ मिटर (४ फिट ११ इन्च) उचाइ तथा ४५ केजी तौल भएको व्यक्तिलाई मात्र इजरायल जान योग्य मानिएको छ । इच्छुकसँग अंग्रेजी भाषाको ज्ञान भएको हुनुपर्छ ।

विगतमा इजरायलमा गइ काम गरेकाहरु केयर गिभरको रुपमा त्यहाँ जान पाउने छैनन् भने इजरायलमा कोही आफन्त नभएको हुनुपर्नेछ ।

सरकारले भरेको विवरणको सक्कल कागजातसहित उपस्थित हुनेलाई छनोट प्रक्रियामा सहभागी गर्नेछ । त्यस्ता उम्मेदवारलाई अंग्रेजी भाषा परीक्षणमा सहभागी गराइनेछ । परीक्षाबाट मागसंख्याभन्दा २५ प्रतिशत उत्तीर्ण हुनेछन् ।

इजरायल जाँदा लाग्ने भिसा शूल्क इजरायलकै रोजगारदाता कम्पनीले बेहोर्ने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्