Shikhar Insurance

मध्यपहाडी लोकमार्गमा ६८ लाख हिनामिना गर्ने अख्तियारको फन्दामा

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । मध्यपहाडी लोकमार्गमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन आयोजना प्रमुख र ठेकेदारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लोकमार्गको खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको अख्तियारको ठहर छ ।

अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारको आरोप छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एउटा ठेक्‍काबाट डीपीआर अनुसारको स्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई बिल तयार पारी भुक्तानी लिने/दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।

अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्र प्रसाद राउत, ठेकेदार महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरेको छ । त्यस्तै तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्